कार्गो पानीजहाज र माछा मार्न गएको जहाज ठोक्किँदाको भिडिओ

कार्गो पानीजहाज र माछा मार्न गएको जहाज ठोक्किँदाको भिडिओ
Published

एउटा मालवाहक पानीजहाज माछा मार्न गएको अर्को जहाजसँग ठोक्किएको देखिने दुइटा भिडिओ सामाजिक सञ्जालमा फैलिएका छन्।

दुवै भिडिओहरू वास्तविक रहेको पुष्टि गर्दै 'बीबीसी भेरिफाइ'ले ती कुनकुन पानीजहाज हुन् भनेर पत्ता लगाएको छ।

'बीबीसी भेरिफाइ'ले उक्त दुर्घटना सिङ्गापुरनजिकै समुद्रमा भएको पनि पत्ता लगाएको छ।

प्राप्त प्रमाणका अनुसार उक्त दुर्घटना सम्भवतः गत साता १७ सेप्टेम्बरमा भएको थियो।

तर उक्त दुर्घटनामा परी कोही हताहत भए नभएको स्पष्ट भइसकेको छैन।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।