भोटेकोशी-त्रिशूली बाढीबाट नेपालले सिक्नुपर्ने पाठ

भोटेकोशी-त्रिशूली बाढीबाट नेपालले सिक्नुपर्ने पाठ
    • Author, सृजना श्रेष्ठ
    • Role, भिडिओ पत्रकार, बीबीसी न्यूज नेपाली
  • Published

गत भाद्र १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीको जहाँबाट सुरु भयो, त्यही स्थलमै घनत्व ठूलो भएका कारण बाढीको गति बढी भएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले जनाएको छ।

उक्त केन्द्रका कार्यकारी निर्देशक सञ्जिव बरालका अनुसार १८८ किलोमिटर प्रतिघण्टाको गतिमा बाढी आउनु भनेको ज्यादै बढी हो।

कतिपयले यो बाढीलाई 'हिमालयन सुनामी' भनिरहेका छन् भने कसैले १,००० वर्षमा फर्किने बाढी भनिरहेका छन्। वास्तवमा यो के थियो? यो बाढी जलवायु परिवर्तनको असर हो कि होइन? भविष्यका लागि के पाठ सिक्न सक्छौँ? जस्ता प्रश्न हामीले उनै बराललाई सोधेका छौँ।

यो भिडिओ कुराकानी हेर्नुहोस्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।