'मैले दृष्टि गुमाएँ अनि बक्सिङले मलाई नियन्त्रणको अनुभूति दियो'

'मैले दृष्टि गुमाएँ अनि बक्सिङले मलाई नियन्त्रणको अनुभूति दियो'
Published

एडम सोलन किशोरावस्थामै दृष्टिविहीन भए। त्यो उनका लागि ठूलो वज्रपात थियो।

उनी धेरै खान थाले। उनी दुःखी र अस्वस्थ भए। अनि उनका मनमा अनेकौँ 'कुविचार' उत्पन्न भए।

त्यसपछि उनले आफू सानो छँदा बक्सिङको अभ्यास गरेको सम्झिए। उनले स्थानीय जिमखानामा फेरि बक्सिङको अभ्यास गर्न पाइन्छ कि भनेर सोधखोज गरे।

सुरक्षासम्बन्धी नियमका कारण उनी प्रतिस्पर्धात्मक बक्सिङ खेलमा सहभागी हुन पाउँदैनन्। तर उनी बक्सिङलाई निकै मन पराउँछन् र अपाङ्गता भएका अरू मानिसहरूलाई खेलकुदमा संलग्न हुन सहयोग गर्न चाहन्छन्।

सामाजिक सञ्जालमा उनलाई ठूलो सङ्ख्यामा मानिसहरूले 'फलो' गर्छन्। उनी मानिसहरूलाई आफ्नो सन्देश दिन सामाजिक सञ्जाल प्रयोग गर्छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।