डढेलोका कारण इन्डोनेशियाको कालिमान्टान पहेँलपुर
डढेलोका कारण इन्डोनेशियाको कालिमान्टान पहेँलपुर
Published
इन्डोनेशियाको कालिमान्टान सहरलाई सुन्तला रङ्गको बाक्लो धुवाँले ढाकेको छ। त्यहाँका मानिसहरू आफूवरिपरिका तस्बिर तथा भिडिओ खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन्।
नजिकैको वनक्षेत्रमा डढेलो फैलिएकाले यसो भएको बताइएको छ।
त्यहाँको पर्यावरण मन्त्रालयका अनुसार बुधवार त्यहाँको वायुप्रदूषण सूचकाङ्कले १,२०० नाघेको थियो जब कि ३०० लाई नै 'जोखिमयुक्त' स्तर मानिन्छ।
आसपासका मलेशिया र सिङ्गापुरमा पनि प्रदूषण फैलिएको समाचार छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



