स्पेसएक्स रकेट प्रक्षेपण गर्दा आकाशमा बन्यो 'जेलिफिश'जस्तो आकृति

भिडिओ क्याप्शन सुरु हुँदैछ,
स्पेसएक्स रकेट प्रक्षेपण गर्दा आकाशमा बन्यो 'जेलिफिश'जस्तो आकृति
Published

मङ्गलवार फ्लोरिडास्थित केप क्यानभरलबाट स्पेसएक्स फ्याल्कन-९ रकेट प्रक्षेपण भएपछि आकाशमा एउटा चम्किलो "स्पेस जेलिफिश" देखिएको छ।

आकाशमा निकै माथि पुगेपछि रकेटबाट इन्धन बलेर उत्सर्जित ग्यासहरूको मुस्लोमा सूर्यको किरण पर्दा उक्त चम्किलो आकृति बनेको हो।

लगभग ३,००० किलोग्राम कार्गो बोकेको उक्त अन्तरिक्षयान ५२ घण्टाको यात्रापछि बिहीवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा 'डक' हुने अपेक्षा गरिएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।