'तपाईँ मेरो आवाज बनिदिनोस्': मृत्युदण्ड सुनाइएकी इरानी युवतीले जेलबाट मागिन् गुहार

भिडिओ क्याप्शन सुरु हुँदैछ,
'तपाईँ मेरो आवाज बनिदिनोस्': मृत्युदण्ड सुनाइएकी इरानी युवतीले जेलबाट मागिन् गुहार
Published

इरानमा सामाजिक सञ्जालमा ईशनिन्दा हुने गरी टिप्पणी गरेको अभियोगमा एक २३ वर्षीया युवतीलाई मृत्युदण्डको फैसला सुनाइएको विवरणहरू सार्वजनिक भएका छन्।

ती युवतीले जेलबाट आफू निर्दोष रहेको भन्दै आफ्नो मुद्दामा निष्पक्ष अनुसन्धान गरियोस् भन्दै अन्तर्राष्ट्रिय समूहहरूसँग आग्रह गर्दै एउटा अडिओ सन्देश पठाएकी छन्।

इरान सरकारले "सबैभन्दा गम्भीर अपराधहरू" मा मात्र मृत्युदण्ड दिइँदै आएको दाबी गर्ने गरेको छ।

ओस्लोमा रहेको 'इरान ह्यूमन राइट्स' नामक संस्थाका अनुसार ती युवतीले आफ्नो प्रतिरक्षामा नियतवश नभई मादक पदार्थको नसाका कारण जिब्रो चिप्लिएको तर्क गरेकी थिइन्। तर अदालतले उक्त तर्कलाई मान्यता दिएन।

यद्यपि उनीविरुद्ध सुनाइएको फैसलालाई सर्वोच्च अदालतले अहिलेसम्म अनुमोदन गरिनसकेको सो संस्थाले जनाएको छ।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।