तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
युक्रेनी व्यापारीलाई लखेट्दै आएको 'रुसी ड्रोन' विस्फोट
युक्रेनस्थित खेअर्सनको क्षेत्रीय सैन्य प्रशासनले अगस्ट ४ मा सार्वजनिक गरेको एउटा भिडिओमा एउटा ड्रोनले त्यहाँ रहेको बजारमा तरकारी बेच्ने व्यक्तिलाई लेखेटको र उनी त्यसबाट जोगिन भाग्दै गरेको देखिन्छ।
उक्त ड्रोन एकछिनपछि विस्फोट हुन्छ।
विस्फोट भएपछि ती व्यक्ति घाइते भएका छन्। तर उनको ज्यान जोगिएको खेअर्सनको सैन्य प्रशासनका प्रमुख यारोस्लाभ शान्कोले टेलिग्राममा भनेका छन्।
युक्रेनी अधिकारीहरूले यो घटनालाई रुसी सेनाले गरेको "लक्षित आक्रमण" भनेका छन्।
रुसले भने सर्वसाधारण नागरिकहरूलाई योजना बनाएर आफूले निसाना बनाएको आरोपको निरन्तर खण्डन गर्दै आएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।