तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भूमिगत कार पार्कमा लखेटीलखेटी प्रहरीले २ जना पक्रियो
अस्ट्रेलियाको क्वीन्स्ल्यान्डमा हालै प्रहरीले भूमिगत कार पार्कमा लखेटीलखेटी एक पुरुष र एक महिलालाई पक्राउ गरेको दृश्य सार्वजनिक भएको छ।
सुरुमा प्रहरीको हेलिकप्टरले एक पुरुषले गाडी चलाइरहेको र त्यसमा महिला बसेको पत्ता लगाएको थियो।
त्यसपछि अधिकारीहरूले 'रोड स्पाइक' राखी कारलाई रोक्न खोजेका थिए।
ती पुरुष कारलाई छाडी पैदलै भाग्न खोजेपछि प्रहरीले लखेट्न थालेको थियो। महिला भने गाडीमै भागिन् र प्रहरीले अलिक पछि समायो।
पुरुषलाई गाडीको अवैध प्रयोग र अनुमतिपत्रबिना सवाली चलाएकोलगायतका नौ ओटा अभियोग लगाइएको छ।
महिलालाई खतरापूर्ण तरिकाले गाडी चलाएको भन्दै एउटा अभियोग लगाइएको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।