पाकिस्तान-प्रशासित कश्मीर अहिले किन अशान्त छ

भिडिओ क्याप्शन सुरु हुँदैछ,
पाकिस्तान-प्रशासित कश्मीर अहिले किन अशान्त छ
Published

पाकिस्तान-प्रशासित कश्मीरमा गत महिनादेखि हिंसक भिडन्तहरू हुँदै आएका छन्। केही दिनयता त्यो क्रम अझ बढेको छ।

पाकिस्तानले 'आजाद कश्मीर' भन्ने गरेको उक्त क्षेत्रमा विदेशी पत्रकारहरूले अनुमति लिएर मात्र प्रवेश गर्न पाउँछन्। अहिले बीबीसीलाई त्यस्तो अनुमति दिइएको छैन।

त्यसैले त्यहाँको वास्तविक अवस्था र घटनाक्रम स्वतन्त्र रूपमा पुष्टि गर्न कठिन भएको छ। बीबीसी संवाददाता क्यारी डेभिसले अहिलेको अवस्थाबारे यो भिडिओमा चर्चा गरेकी छन्।

बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।