ग्रीसमा डढेलोबाट जोगिन घोडाहरूको भागाभाग
ग्रीसमा डढेलोबाट जोगिन घोडाहरूको भागाभाग
Published
ग्रीसमा एथेन्सको उत्तरपश्चिमा अवस्थित कान्डिली गाउँनजिकै एउटा खेतमा डढेलो सल्किएपछि घोडाहरूको एउटा समूह भाग्दै गरेको देखिएको छ। यो घटना ३ अगस्ट सोमवारको हो।
उक्त भिडिओ खिच्ने स्थानीय सञ्चारमाध्यमका अनुसार ती घोडाहरूलाई कुनै क्षति पुगेको छैन।
अहिले ग्रीसका विभिन्न भागमा भीषण डढेलो फैलिएको छ। केही समयअघि आगो निभाउन खटेका दुइटा हेलिकप्टर जुध्दा तीमध्ये एउटामा सवार दुई जनाको मृत्यु भएको थियो।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



