न्यान्सी पलोसी ताइवान भ्रमणमा: ताइवानले दृढतापूर्वक बल राखिदियो सी जिन्पिङको कोर्टमा

पलोसी

तस्बिर स्रोत, TAIWAN PRESIDENTIAL OFFICE/HANDOUT VIA REUTERS

तनाव बढ्नुको अर्थ त्यसबाट पछाडि फर्किन निकै गाह्रो हुनु पनि हो।

अमेरिकी संसद्‌को तल्लो सदनकी सभामुख न्यान्सी पलोसी अन्ततः ताइवान पुगेपछि एउटा प्रश्न उठेको छ - के भविष्यमा अरूले पनि त्यसो गर्न नचाहलान् र? विगत २५ वर्षमा ताइवान पुग्ने पलोसी वरिष्ठतम अमेरिकी अधिकारी हुन्।

भर्खरै चीनले वास्तविक गोलीगट्ठा प्रहार गरेर गरिने प्रमुख युद्ध अभ्यास ताइवाननजिकै गरेको छ। अर्को प्रश्न उठ्छ - उसले फेरि त्यसो किन नगर्ला?

प्रत्येक पटक चिनियाँ लडाकु विमानहरू ताइवाननजिकै वा धेरै सङ्ख्यामा उड्दा "सामान्य" अवस्थाको नयाँ मानक स्थापित हुने गर्छ। अर्को पटक यदि चीनको पीपल्स लिबरेशन आर्मी (पीएलए) अझ नजिक पुगेर उडेन भने उसले के सन्देश दिन खोजेको हुनसक्छ?

ताइवानलाई सहभागी गराउने बेइजिङको योजना त्यति पुरानो हैन।

मङ्गलवार पलोसी ताइवान पुगेकी हुन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, मङ्गलवार पलोसी ताइवान पुगेकी हुन्

चीन र ताइवान सम्बन्ध

चीनले आफूबाट छुट्टिएको ठान्ने ताइवानमा चीनबाट युवाहरू यात्रा गरिरहेका छन् र ताइवानी व्यापार चीनभरि विस्तार भइरहेको छ।

तर चिनियाँ राष्ट्रपति सी जिन्पिङको कार्यकालमा चिनियाँ दृष्टिकोण थप आक्रामक बनेको छ।

बेइजिङले ताइपेईमाथि थप दबावमूलक नीतिहरू लागु गरिरहेको छ।

अधिक सैन्यवादी प्रवृत्ति भएका यहाँका उच्चपदस्थ शक्तिशाली व्यक्तिहरूले पलोसीको भ्रमणलाई गोप्य रूपमा मन पराएको हुनुपर्छ। यसले ताइवानको चारैतिर युद्धको खेललाई बढाउने एउटा राम्रो बहाना प्रदान गरेको छ। उनीहरू सैन्य बलद्वारा कुनै दिन ताइवानमाथि कब्जा गर्न सकिन्छ भन्ठान्छन्।

क्षेत्रीय स्थायित्वका लागि सबैभन्दा ठूलो चुनौती भनेको ताइवानप्रति सबैको सार्वजनिक धारणा हास्यास्पद रहनु हो।

चीन-ताइवान

यो बहानाको विशाल खेलजस्तै हो। तर त्यसलाई कायम राख्न निकै कठिन हुँदै गइरहेको छ।

चीनले ताइवान आफ्नै क्षेत्र भएको जस्तो देखाउने प्रयास गर्छ।

तर उक्त टापुले आफैँ कर लगाउने र उठाउने गर्छ। आफ्नो सरकार आफैँ बनाउँछ र त्यसका लागि चुनाव गर्छ।

उसको आफ्नै सेना छ र आफैँले राहदानी जारी गर्छ।

अमेरिकाले पनि ताइवानलाई स्वतन्त्र राष्ट्रका रूपमा स्वीकार नगरकेो जस्तो देखाउने प्रयास गर्छ। तर आफ्ना अत्याधुनिक र महँगा अस्त्रहरू ताइवानलाई बेच्छ।

बेलाबेलामा उच्चपदस्थ व्यक्तिहरू त्यहाँको भ्रमण गर्छन् र त्यो ‍औपचारिक भ्रमणजस्तो देखिन्छ।

श्रेणी

चीन के चाहन्छ

यथास्थितिलाई कायम राख्न गरिएको यो कमजोर देखावटी काम भताभुङ्ग हुन केही गर्नुपर्दैन।

बेइजिङमा त्यो भताभुङ्ग भएको हेर्न चाहने मानिसहरू छन्। विश्वका लागि यो खतरा हो।

दशकौँदेखि चिनियाँ कम्युनिस्ट पार्टीद्वारा नियन्त्रित सञ्चारमाध्यमले ताइवानबारे त्यस्तै खालका विचार प्रवाह गर्दै आएका छन्। तर उक्त क्षेत्रलाई पुन: हात पार्न युद्ध हुनुपर्ने विचार कहिल्यै त्यति उपयुक्त देखिएन।

सी जिन्पिङको पालामा चीन ताइवानप्रति आक्रामक देखिएको छ

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, सी जिन्पिङको पालामा चीन ताइवानप्रति आक्रामक देखिएको छ

अहिले पनि त्यस्तो अवस्था छैन।

सी जिन्पिङ आफ्नो कार्यकालमै ताइवान चीनमा समाहित गर्न चाहन्छन् भन्ने धारणा केही मानिसमा छ। मातृभूमि एकीकरणको श्रेय लिएर सी "अमर" हुन चाहन्छन् भन्ने उनीहरूलाई लाग्छ।

सीले हङ्‌कङमा नियन्त्रण कायम गरिसकेका छन्। हङ्‌कङले चीनका लागि केही समस्या सिर्जना गरेको थियो।

सी जिन्पिङ आगामी केही महिनामा ऐतिहासिक तेस्रो कार्यकालका लागि पुन: छानिँदै छन्।

आफूले चाहे भने सी जति समय पनि राष्ट्रपतिका रूपमा रहन सक्छन्।

माओत्सेतुङले आफ्नो पदावधिलाई दुई कार्यकालमा सीमित गरेका थिए। उनलाई ताइवानमाथि आक्रमण गर्नुपर्ने कुनै हतार थिएन।

तर अहिले हामी प्रत्येक दिन शान्तिबाट टाढा र उक्त अवस्थातर्फ नजिक गइरहेको पाउँछौँ।

पलोसी

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, पलोसीले ताइवानी संसद्की उपसभामुखसँग भेट गरेकी छन्

सैन्य समाधानको पक्षमा समर्थन खोज्नेगरी गरिएका केही प्रचारबाजीमा युद्धबाट कस्तो प्रभाव पार्छ भन्ने विषयमा प्रथम विश्वयुद्धको बेलाको जस्तो अज्ञानता झल्किन्छ।

चीनमा युक्रेन द्वन्द्वको विषय निकै सेन्सर गरिन्छ। आफ्नै देश रक्तपातपूर्ण द्वन्द्वमा फस्यो भने के होला भन्ने विचारले चिनियाँ नागरिकहरू स्तब्ध होलान् भनेर रुसी अतिक्रमणको विषय ढाकछोप गरिएको हुनसक्छ।

तर राष्ट्रवाद निकै शक्तिशाली साधन हो अनि भ्रम सजिलै हावी हुन सक्छ।

यदि बेइजिङले ताइवानमा आक्रमण गर्‍यो भने पीएलएको शक्ति प्रयोग गर्दा पनि चीनले विभिन्न चुनौती खेप्नुपर्ने हुन्छ।

त्यस्तो युद्ध निकै लम्बिन सक्छ अनि चीन लामो समयका लागि अन्तर्राष्ट्रिय समुदायबाट बहिष्कृत हुन सक्छ र चीनको अर्थतन्त्र सुक्न सक्छ।

पीएलएले जित्यो भने पनि बेइजिङको शासन मन नपराउने लाखौँ मानिस बस्ने विशाल टापुमा उसले कब्जा जमाउनुपर्नेछ।

त्यो घातक हुनेछ। अनि चिनियाँ राजधानीमा भएका बुद्धिमान मानिसले त्यो कुरा बुझेका छन्।

भिडिओ क्याप्शन सुरु हुँदैछ, हवाई आक्रमणबाट जोगिन ताइवानमा यस्तो अभ्यास