कोरोना भाइरस भारत: दुई महिनापछि उडान फेरि सुरु हुँदा विमानस्थलमा ठूलो भिड

भारत विमानस्थल

तस्बिर स्रोत, Getty Images

Published
पढ्ने समय: १ मिनेट

भारतमा दुई महिनापछि पहिलो पटक हवाई यातायात पुन: सञ्चालन हुँदा सोमवार विमानस्थलहरूमा ठूलो भिड लागेको छ।

देशभरि झन्डै १०० वटा उडान स्थगित भए पनि अरू सबै निर्धारित समयमै उडे।

कोरोनाभाइरसबाट अतिप्रभावित महाराष्ट्र राज्यले एक दिनमा ५० वटा उडानलाई मात्र अनुमति दिने भनेपछि केही उडानहरू स्थगित भएका हुन्।

यात्रीहरूले आफूलाई समयमै सूचना नदिइएको भन्दै आक्रोश व्यक्त गरे।

"हाम्रो उडान स्थगित भयो तर सहायताकक्षमा हामीलाई उत्तर दिने कोही छैन। अब के गर्ने हामीलाई थाहा छैन," चेन्नईका एक यात्रीले समाचारसंस्था एएनआईलाई बताए।

उनका अनुसार मार्च १५ देखि उनी सपरिवार चेन्नईमा अड्किएका थिए र मुम्बई फर्किन विमानको टिकट किनेका थिए। तर उनले विमानस्थल पुगेपछि मात्र उडान स्थगित भएको थाहा पाए।

केही यात्रीहरूले सामाजिक सञ्जालमा राष्ट्रिय ध्वजावाहक एअर इन्डियाले आफूलाई सूचना नदिएको र उडान तालिका पनि भद्रगोल भएको भन्दै गुनासो गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

अरूले विमानस्थल प्रवेश गर्न लामो पङ्क्तिमा घण्टौँ बसेपछि बल्ल आफ्नो विमान नउड्ने थाहा पाएको उल्लेख गरेका छन्।

भारतले उडान पुन: सञ्चालन गर्नुअघि रोग रोकथाम गर्ने उपाय अवलम्बन गरेको छ।

सुरक्षाकर्मीहरूले सबै यात्रुको ज्वरो नाप्ने र सरकारले बनाएको आरोग्य सेतु नामक कोभिड-१९ ट्र्याकिङ एप आफ्नो फोनमा डाउनलोड गरे नगरेको जाँच्ने गरेका छन्।

त्यसबाहेक यात्रुका जुत्ता र झोला तथा अन्य सामान पनि नि:सङ्क्रमण गर्ने गरिएको छ।

भारतमा १,३९,००० जनाभन्दा बढीमा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये ४,००० जनाको मृत्यु भएको तथ्याङ्कले देखाउँछ।

देशमा गत मार्च २५ देखि लकडाउन लागेको भए पनि प्रतिबन्धहरू बिस्तारै खुकुलो पार्ने प्रयासमा भारत छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, नाङ्गो खुट्टा घर फर्किरहेका व्यक्तिलाई आफ्नो जुत्ता दिँदै