भारत: आन्ध्र प्रदेशमा एकै दिन ३७ हजार चट्याङ

चट्याङ

तस्बिर स्रोत, SPL

Published

दक्षिणपूर्वी भारतमा यो हप्ता हजारौँ चट्याङ परेको अधिकारीहरूले बताएका छन्।

तटीय राज्य आन्ध्र प्रदेशमा मङ्गलवार एकै दिनमा कम्ती ३७ हजार चट्याङ परेका थिए।

चट्याङ लागेर एक जना महिला र उनकी १० वर्षिया नातिनीसहित सात जनाको मृत्यु भएको बताइएको छ।

मृत्यु भएकामध्ये अधिकांश विपन्न गोठाला वा कृषिमजदुर थिए।

अहिले आन्ध्र प्रदेशका गाउँहरूमा सुरक्षा सतर्कता अभियान सञ्चालन गर्न लागिएको छ।

भारतमा चट्याङका कारण प्रत्येक वर्ष करिब दुई हजार मानिसको मृत्यु हुने गरेको छ।

अडिओ क्याप्शन सुरु हुँदैछ, चट्याङबाट प्रतिरोधी प्रविधिको आवश्यकता