दशौँ लाखको ज्यान बचाउने आधुनिक सिट बेल्टका आविष्कारक

भिडिओ क्याप्शन सुरु हुँदैछ, निल्स बोहलिन: दशौँ लाखको ज्यान बचाउने आधुनिक सिट बेल्टका आविष्कारक
Published

सन् १९५९ मा सुरक्षा इन्जिनियर निल्स बोहलिनलाई कारको सुरक्षा पेटी बनाउने जिम्मेवारी दिइयो जसले साँच्चिकै काम गर्‍यो।

त्यसअघि सिट बेल्टहरू यसरी बनाइएका हुन्थे कि कार दुर्घटनामा परेको खण्डमा उनीहरूको पेट वा घाँटीमा गम्भीर चोट लाग्थ्यो।

निल्सको विकासलाई सबैले स्वागत गरे।

उनका सौतेनी छोरा भन्छन् ‘उनले जति मानिसहरूको ज्यान अरू कसैले बचाएका छन् भन्ने मलाई लाग्दैन।‘

निल्स बोहलिन

तस्बिर स्रोत, Getty Images