कोरोना भाइरस नेपाल: २७२२ जना सङ्क्रमित थपिए, अहिलेसम्मकै सर्वाधिक वृद्धि

परीक्षणकक्ष

तस्बिर स्रोत, RSS

Published

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत चौबीस घण्टामा नेपालमा २,७२२ जना कोरोनाभाइरस सङ्क्रमित थपिएपछि कुल सङ्क्रमित हुनेको सङ्ख्या ८२,४५० पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा दिएको उक्त तथ्याङ्क अनुसार यो अहिलेसम्मकै सर्वाधिक वृद्धि हो।

पछिल्लो २४ घन्टामा ११ जनाको मृत्यु भएसँगै भाइरस सङ्क्रमित मृतकको सङ्ख्या ५२० पुगेको छ।

'काठमाण्डू उपत्यकामा ६० प्रतिशत'

काठमाण्डू उपत्यकामा मात्र एक हजार ६३८ जना सङ्क्रमित थपिएका छन्।

यसअघि देशभरी सङ्क्रमितहरूमध्ये आधा जति काठमाण्डू उपत्यकाभित्र सङ्क्रमित हुने गरेकोमा आजको तथ्याङ्कअनुसार त्यो सङ्ख्या ६० प्रतिशत पुगेको छ।

ती मध्ये काठमाण्डू जिल्लामा मात्र एक हजार २८० जना सङ्क्रमित भेटिएका हुन्।

तथ्याङ्क

त्यस्तै भक्तपुरमा १९६ र ललितपुरमा १६२ जना सङ्क्रमित थपिएका छन्।

देशभरी १४ हजार ७३९ वटा नमुना परीक्षण गरिएको थियो।

सक्रिय सङ्क्रमित २१ हजारभन्दा धेरै

गत भदौ २४ देखि उपत्यकामा प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन्।

गत असोज २ गते एकै दिन २,०२० जनामा सङ्क्रमण पुष्टि भएको थियो।

अहिले देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार २३४ छ।

स्वास्थ्य मन्त्रालयले यसअघि सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजारभन्दा धेरै भएमा निश्चित क्षेत्रमा अवस्था हेरेर लकडाउन गर्न सरकारलाई सिफारिस गरिसकेको छ।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
Presentational white space