यी महिलाका हात छैनन् त्यसैले उनले खुट्टाले सिलाउँछिन्

Published

बराका शेनुडाको अवस्था अरू कपडा सिलाउने महिलाको भन्दा फरक छ।

इजिप्टकी यी ३० वर्षीय महिला हातबिना जन्मेकी थिइन् तर उनी भन्छिन् त्यसले उनको जीवनमा उनलाई कतै रोकेको छैन।

हालै इजिप्टको सरकारले पारित गरेको कानूनमा अपाङ्गता भएका मानिसहरूलाई अझ बढी रोजगारी दिने व्यवस्था गरिएको छ।

बराकाले अहिले लेखपढ गर्न सिक्दैछन् ता कि एक दिन उनले जागिर खान आवेदन हाल्न सकुन् र आफ्नो जीवन आरामदायी बनाउन सकुन्।