आर्जेन्टिनाविरुद्धको खेलमा चम्किएका १९ वर्षीय खेलाडी को हुन्?

किलियान यामबाप्पे

तस्बिर स्रोत, Getty Images

Published

फ्रान्सेली खेलाडी किलियान एमबापेले विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा आफ्नो मुलुकलाई आर्जेन्टिनाविरुद्धको खेलमा जित दिलाएका छन्।

आर्जेन्टिनाविरुद्धको खेल फ्रान्सले ३ का विरुद्ध ४ गोलले जित्यो।

त्यसमा एमबापेको दुई गोल निर्णायक रह्यो।

विश्वकपको अन्तिम १६ समूह अन्तर्गतको शनिवारको पहिलो खेलमा धेरै जसोको ध्यान आर्जिन्टिनी खेलाडी लियोनेल मेस्सीमा थियो।

मेस्सीमाथि प्रश्न

तर फ्रान्सेली खेलाडी एमबापेले उत्कृष्ट प्रदर्शन गरे जुन धेरैको सम्झनामा रहनेछ।

१९ वर्षका यी खेलाडीले सम्भवत: मेस्सीको नेतृत्वमा विश्वकप जित्ने आर्जेन्टिनाको अन्तिम सम्भावना समाप्त पारिदिए।

पछिल्लो खेलपछि मेस्सी र प्रशिक्षक साम्पाओलीको भविष्यबारे प्रश्न उठाउने ठानिएको छ।

यो जीतसँगै फ्रान्स विश्वकपको अन्तिम ८ समूहमा प्रवेश गरेको छ।

सन् १९९८ मा फ्रान्सले पहिलो र एकमात्रै विश्वकप जित्दा एमबापे जन्मिएकै थिएनन्।