तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
ठूलो मात्रामा लागुपदार्थ तस्करी गर्न खोज्ने विमानचालक पक्राउ
मलेशियाबाट विमान उडाएर आएका एक पाइलट जकार्ताको अन्तर्राष्ट्रिय विमानस्थलमा ७०,००० वटाभन्दा बढी 'एक्स्टसी पिल'सहित पक्राउ परेका छन्।
लागुपदार्थ तस्करी गरेको अभियोगमा दोषी ठहर भएमा उनलाई इन्डोनेशियामा जन्मकैददेखि मृत्युदण्डसम्म हुन सक्छ।
मलेशियाको क्वालालम्पुरबाट आएको उडानका ती कोपाइलट स्वयंले पनि लागुपदार्थ सेवन गरेको पाइएको अधिकारीहरूले बताएका छन्।
विमानस्थलमा भन्सार अधिकारीहरूले उनको सूटकेसमा २६ किलोग्राम तौल भएका १४ झोला 'एक्स्टसी पिल' र उनको हातमा रहेको झोलामा चार ग्राम 'मेथ' फेला पारेका थिए।
लागुपदार्थ तस्करी नियन्त्रण गर्ने उद्देश्यले इन्डोनेशियामा निकै कडा कानुन बनाइएको छ। तर दोषीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको भए पनि त्यहाँ धेरै वर्षदेखि त्यस्तो सजाय कार्यान्वयन गरिएको भने छैन।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।