बिरामीको शल्यक्रिया हुँदै गर्दा भूकम्पले हल्लाउन थालेपछि...
गत साता जापानमा गएको भूकम्पका बेला कुमामोतो सहरको एउटा अस्पतालमा चार बिरामीको शल्यक्रिया हुँदै थियो।
शल्यक्रियाकै बेला कम्पन सुरु भएपछि चिकित्सकहरूले आफ्नो शरीरले ढाकेर बिरामीलाई जोगाएको हालै सार्वजनिक भएका फुटेजहरूमा देखिन्छ। त्यसै बेला नर्सहरू भने ढोका खोलेर बाहिरिने बाटो तयार पार्न थालेको पनि ती दृश्यहरूमा देखिन्छ।
चारवटै शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको अस्पतालले जनाएको छ।
भूकम्पपछि नियमित कामकारबाही स्थगित गरेको अस्पतालको सामान्य सेवा यही सातादेखि फेरि सुरु भएको छ।
यो भिडिओ हेर्नुहोस्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।



