तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
आपत्कालीन अवतरणका क्रममा विमानको छत खस्दा यात्रु चिच्याए
इरानको माश्हाडमा आपत्कालीन अवतरणका क्रममा एउटा विमानको छत खस्दा यात्रु चिच्याएको दृश्य हेर्नुहोस्।
सेपेह्रान एअरलाइन्सको बोइङ ७३७ विमान उडेपछि एउटा टायर खुस्किएका कारणले समेत आपत् आइपरेको थियो।
घटनामा कोही पनि घाइते नभएको बताइएको छ।
पछि यात्रुहरूलाई अर्को विमानमा सारेर गन्तव्यमा पुर्याइएको थियो।
अमेरिकी प्रतिबन्धका कारण इरानसँग विमानको मर्मतसम्भारका लागि आवश्यक सामग्री पर्याप्त मात्रामा नभएको बताइन्छ। फलस्वरूप यस्ता समस्याहरू आउने गरेको ठानिन्छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।