तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डढेलो निभाउन खटेका दुई हेलिकप्टर आकाशमै ठोक्किए
ग्रीसमा डढेलो निभाउन खटेका दुईवटा हेलिकप्टर आकाशमै एकआपसमा ठोक्किएपछि भएको दुर्घटनामा चालकदलका दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एउटा हेलिकप्टरका पाइलट र ग्रीसको अग्निनियन्त्रण सेवाका सम्पर्क अधिकृत छन्। उक्त हेलिकप्टरका पाइलट डेनिश नागरिक भएको बताइएको छ।
दोस्रो हेलिकप्टरले आकस्मिक अवतरण गरेको थियो। त्यसमा सवार ब्रिटिश पाइलट र ग्रीक अधिकारीलाई भने सामान्य चोटपटक लागेको छ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।