भारतमा चिडियाखानामा राखिएको सारसले उसको मानव साथी भेट्दाको क्षण

Published

उत्तर प्रदेशका एक किसान मोहम्मद अरिफले आफूले कुनै बेला उपचार गरेको सारसलाई चिडियाखानामा गएर भेटेका छन्।

आरिफले एक वर्ष अगाडि घाइते अवस्थामा भेटिएको सारसको उपचार गरेर निको पारेका थिए। सञ्चो भएपछि सारस उडेर आफ्नै जमातमा फर्केर जाने ठानेको आरिफले बताएका थिए। तर त्यो सारस फर्केर गएन, साँझ पर्ने बित्तिकै आरिफको घर आउने र उनीहरूसँगै बसेर खाना खाने गर्न थाल्यो।

मार्च महिनाको अन्तिमतिर आरिफ र सारसको मित्रता सामाजिक सञ्जालमा लोकप्रिय बनेपछि उत्तर प्रदेशका अधिकारीहरूले यो संरक्षित पन्छीलाई आरिफकहाँबाट संरक्षित क्षेत्रमा लगेका थिए।

र पछि उसलाई चिडियाखानामा खोरमा राखिएको थियो।

अनि यो पनि: