तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'म १८ वर्ष हुँदासम्म पढ्न सक्दिनथेँ- अहिले म केम्ब्रिज विश्वविद्यालयमा प्रोफेसर छु'
Published
उमेर १८ वर्ष पुग्दासम्म पढ्न र लेख्न नजानेका एक अश्वेत मूलका व्यक्ति यूकेको केम्ब्रिज विश्वविद्यालयमा प्रोफेसर बनेका छन्।
जेसन आर्डीलाई अटिजम भएको खुट्याइएको थियो। उनी ११ वर्षको हुन्जेल सम्म बोल्न पनि सक्दैनथे।
अहिले ३७ वर्षका उनी विश्व प्रसिद्ध केम्ब्रिज विश्वविद्यालयमा शिक्षाको समाजशास्त्र विषयका प्रोफेसर नियुक्त भएका छन्।
प्रोफेसर आर्डीले बीबीसीलाई भने अनुसार उनी उच्च शिक्षामा अल्पसङ्ख्यकको पहुँच कसरी पुर्याउने भन्नेमा विशेष चासो छ।