सिरिया भूकम्पः आमाको शवसँग नाभी जोडिएकै अवस्थामा फेला परिन् नवजात शिशु

भिडिओ क्याप्शन सुरु हुँदैछ, आमाको शवसँग नाभी जोडिएकी नवजात शिशु फेला परिन्
Published

उत्तरी सिरियामा भूकम्पले भत्काइदिएको एउटा घरमा एक नवजात शिशु फेला परेकी छन्। फेला पर्दा उनको नाभी आमाको शरीरसँग जोडिएको थियो तर आमाको भने मृत्यु भइसकेको थियो।

भूकम्पका कारण घर भत्किँदा उनको परिवारमा अरू सबैले ज्यान गुमाए।

उद्धारकर्ताहरूले ती नवजात बालिकालाई अस्पताल लगेका छन्।

सोमवार आएका दुईवटा शक्तिशाली भूकम्पले टर्की र उत्तरी सिरियामा धनजनको ठूलो क्षति पुर्‍याएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि