महारानी एलिजाबेथः राजकुमारी हुँदा स्कटल्यान्डमा घुमघाम गरेको दुर्लभ दृश्य

Published

एउटा नयाँ बीबीसी वृत्तचित्रमा महारानी एलिजाबेथका यसअघि सार्वजनिक नभएका दुर्लभ भिडिओहरू समाविष्ट छन्।

ब्रिटेनको राजगद्दीमा बस्नुअघि राजकुमारीका रूपमा उनी स्कटल्यान्डको बाल्मोरल इस्टेट घुम्न गएकी थिइन्।

"एलिजाबेथ: द अन्सीन क्वीन" मा समाविष्ट यो भिडिओ हेर्न माथिको प्ले बटन थिच्नुहोस्।

यो वृत्तचित्रमा ब्रिटिश राजपरिवारले खिचेका तर पहिला सार्वजनिक नभएका भिडिओहरू छन्।

महारानी एलिजाबेथले राज्यारोहण गरेको ७० वर्ष पूरा भएकाले अहिले ब्रिटेनमा उत्सव मनाइँदै गरेको छ।

अनि यो पनि