खुट्टाले एसईई दिएका हरिप्रसाद बुढाथोकीको 'आफ्नै खुट्टामा उभिने सपना'

भिडिओ क्याप्शन सुरु हुँदैछ, खुट्टाले एसईई दिएका हरिप्रसाद बुढाथोकीको 'आफ्नै खुट्टामा उभिने सपना'
Published

दक्षिणकाली नगरपालिका-१, चाल्नाखेलका हरिप्रसाद बुढाथोकी खुला विद्यालयमा पढेर अहिले एसईईको परिक्षामा सहभागी भइरहेका छन्।

कलेज पढेर आफ्नै खुट्टामा उभिने सपना देखेका हरिप्रसाद शारीरिक अवस्थाका कारणले हातले लेख्न नसके पनि खुट्टाले कलम चलाउँछन्।

प्यारालाइसिसका कारण उनले पढाइ बीचमै छाड्नु परेको थियो।

तर पछि पढ्ने इच्छा व्यक्त गरेकाले पढाइ छाडेको ८-९ वर्षपछि उनी खुला विद्यालयमा भर्ना भएको उनका भतिजा प्रशान्त बुढाथोकीले बताए।

यस पटकको एसईई परीक्षामा कुल पाँच लाख १४ हजार नौ सय ७७ विद्यार्थी सहभागी भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

हेर्नुहोस् हरिप्रसादको सङ्घर्षको कथा कमल परियारले बनाएको भिडिओमा।

अनि यो पनि।