नेपाल भूकम्पः गोरखा भूकम्पले 'ढाड भाँच्यो तर मेरो रहर भाँच्न सकेन'

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भूकम्पः गोरखा भूकम्पले 'ढाड भाँच्यो तर मेरो रहर भाँच्न सकेन'
Published

दक्षिणकाली नगरपालिका वडा नं २ ग्वाल्दहका रामेश्वर कुँवरको २०७२ साल वैशाख १२को शक्तिशाली भूकम्पमा परेर मेरुदण्ड भाँचियो।

त्यसपछि ह्वीलचेअरमा बस्न बाध्य उनले आफ्ना कैयौँ रहरहरू पूरा गर्न अझै बाँकी नै रहेको बताउँदै भने, "भूकम्पले ढाड भाँच्यो तर मेरो रहर भाँच्न सकेन।"

पेसाले मूर्तिकार उनी आवश्यक प्रविधि तथा उपकरण अभावका कारण मूर्ति बनाउने रहर अझै नमरेको बताउँछन्।

प्राकृतिक प्रकोप जतिबेला पनि आउन सक्ने भएकोले आफू बस्ने संरचना भूकम्प प्रतिरोधी हुनुपर्ने उनको सुझाव छ।

बहत्तर सालको भूकम्पमा नेपालमा झन्डै ९,००० जनाको मृत्यु भयो र २२,००० घाइते भएका थिए। घाइतेमध्ये झन्डै १२ प्रतिशत घाइतेलाई मेरुदण्डमा चोट लागेको बताइन्छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि