नेपालमा फेरि देखियो बर्ड फ्लु; 'जनशक्ति र प्रयोगशाला अभावले सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण'

Published

पछिल्लो समय नेपालका केही स्थानमा बर्ड फ्लुको सङ्क्रमण पुष्टि भएपछि अन्यत्र फैलिन नदिन टोलीहरू परिचालन गरिएको पशु सेवा विभागले जनाएको छ।

विज्ञहरूले रोगलाई पूर्ण नियन्त्रणमा राख्नलाई कृषक र पक्षी तथा पक्षीजन्य उत्पादनको ओसारपसारमा संलग्न हुने सबैलाई विशेष सावधानी अपनाउन समेत अपिल गरेका छन्।

पक्षीहरूमा सङ्क्रमण हुने यो बर्ड फ्लु के हो र नेपालमा यो रोग नियन्त्रणमा कस्ता चुनौती छन्?

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालसँग कुराकानी गरेर कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।