टी२० अन्तर्राष्ट्रिय क्रिकेट: यूएईसँग नेपाल २५ रनले पराजित

नेपाल क्रिकेट
Published

ओमानमा भइरहेको चार देशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको दोस्रो दिन यूएईले नेपाललाई २५ रनले पराजित गरेको छ।

यूएईले पहिलो ब्याटिङ गर्दै तीन विकेटको क्षतिमा १९२ रन बनाएको थियो। नेपालले आफ्नो २० ओभरमा पाँच विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सफल भएको थियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४१ रन, आशिफ शेखले ३४ र पहिलो अन्तर्राष्ट्रिय खेल खेलिरहेका लोकेश बमले ३३ रन बनाए। रोहन मुस्तफाले दुई विकेट लिए।

यसअघि यूएईका लागि म्यान अफ द म्याच चिराग सूरीले ८४ नटआउट र मुस्तफाले ४९ रन बनाएका थिए।

नेपालका तर्फबाट सन्दीप लामिछाने, सहाब आलम र आरिफ शेखले १-१ विकेट लिएका थिए।

श्रृङ्खलाको पहिलो खेलमा शुक्रवार नेपालले घरेलु टोली ओमानलाई छ विकेटले पराजित गरेको थियो।

ओमानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३५ रन बनाएको थियो।

जवाफमा नेपालले १९.३ ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

ऐरीले ५३ बल खेल्दै अविजित ७३ रन बनाएका थिए। नेपालले आफ्नो अन्तिम खेल सोमवार आयरल्यान्डविरुद्ध खेल्नेछ।