कोभिड नेपाल: 'थप खोप भित्रिए भण्डार नै छैन, निकै गाह्रो पर्न सक्छ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोभिड नेपाल: 'थप खोप भित्रिए भण्डार नै छैन, निकै गाह्रो पर्न सक्छ'
Published

पछिल्लो समय नेपालमा 'ठूलो परिमाणमा' खोप भित्रिँदै गर्दा निश्चित तापक्रममा भण्डारण गर्न तथा स्थानीय स्तरसम्म 'कोल्ड चेन'को व्यवस्थापनमा चुनौती रहेको अधिकारीहरूले बताएका छन्।

हाल नेपालमा झन्डै एक करोड २२ लाख मात्रा कोभिड खोप मौज्दात रहेको र थप केही आउने क्रममा रहेको बताइएको छ।

माइनस २० डिग्री सेन्टिग्रेडमा भण्डारण गर्नुपर्ने मोडर्ना तथा माइनस ७० देखि ८० डिग्री सेन्टिग्रेड तापक्रममा भण्डारण गर्नुपर्ने फाइजर खोपको हकमा चुनौती रहेको स्वास्थ्य सेवा विभागको भनाइ छ।

तर युनिसेफ नेपालले केन्द्रभन्दा प्रदेश स्तरमा भण्डारण तथा चिस्यान विस्तार गरेमा समस्या नहुने बताएको छ।

कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।

अनि यो पनि।