सदर चिडियाखाना: जनावरलाई खानेकुरा पुर्‍याउन कठिन भएपछि…

Published

कोभिड-१९ महामारीका कारण लामो समयसम्म आगन्तुकविहीन बनेको देशको एकमात्र चिडियाखानाले तपाईँले चाहेको जनावर पाल्न सक्ने कार्यक्रम ल्याएको छ।

झन्डै ११२ प्रजातिका एक हजारभन्दा बढी जनावरहरू रहेको चिडियाखानाले जनावरका खानाका साथै स्वास्थ्योपचार, रेखदेख तथा सुरक्षाका लागि वार्षिक झन्डै तीन देखि चार करोड रुपैयाँसम्म खर्च गर्ने सूचना अधिकृत लिना चालिसेले बताइन्।

गत मार्च महिनादेखि सुरु भएको कार्यक्रम अन्तर्गत झन्डै डेढ सय जनाले पशुपक्षीलाई 'एडप्ट' गरेर जिम्मा लिएको उनले बताइन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि।