मधुमेह भएको कसरी थाहा पाउने र यसको उपचार कसरी गर्ने?

भिडिओ क्याप्शन सुरु हुँदैछ, तपाईँलाई मधुमेह भए कसरी थाहा पाउने र यसको उपचार कसरी गर्ने?
Published

यदि कोही व्यक्तिलाई मधुमेह भयो भने उसको तौल घट्ने, पिसाब धेरै लाग्ने र तिर्खा धेरै लाग्ने जस्ता लक्षणहरू देखिन सक्छन्।

बोलीचालको भाषामा सुगर पनि भनिने मधुमेहलाई चिकित्सकीय भाषामा डायबिजिट भनिन्छ।

मधुमेह हुँदा ५० प्रतिशत बिरामीमा लक्षण नदेखिए पनि अरूमा कुनै घाउ भएमा राम्ररी निको नहुने, हात खुट्टा झमझमाउने र शरीर थाक्ने जस्ता लक्षणहरू देखिने मधुमेह विशेषज्ञ प्रियादर्शनी योञ्जनले बीबीसी न्यूज नेपालीलाई बताएकी छिन्।

मधुमेह के हो, यो कसरी हुन्छ र यसको उपचार कसरी गर्ने त?

हेर्नुहोस् सृजना श्रेष्ठले डा. योञ्जनसँग कुराकानी गरेर तयार पारेको यो भिडिओ।