चीनद्वारा क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध घोषणा

बिट्कोइन

तस्बिर स्रोत, COPYRIGHTNURPHOTO

Published

चीनको केन्द्रीय ब्याङ्कले क्रिप्टोकरेन्सीसम्बन्धी सबै कारोबार अवैध हुने घोषणा गरेको छ।

योसँगै चीनले बिटकोइनजस्ता डिजिटल मुद्रामाथि प्रभावकारी प्रतिबन्ध लगाएको छ।

"भर्चुअल अर्थात् भौतिक अस्तित्वमा नभएका मुद्रासम्बन्धी सबै कारोबार अवैध आर्थिक गतिविधि हुन्," पिपुल्स ब्याङ्क अफ चाइनाले भनेको छ।

उसले त्यस्ता गतिविधि मानिसहरूका सम्पत्तिका लागि खतरनाक भएको चेतावनी समेत दिएको छ।

ठूलो बजार

चीन क्रिप्टोकरेन्सीका लागि विश्वका ठूलामध्ये एउटा बजार हो।

त्यहाँ हुने घटबढले क्रिप्टोकरेन्सीको विश्वव्यापी मूल्यमा असर पर्ने गरेको थियो।

चीनको पछिल्लो घोषणासँगै बिटकोइनको मूल्यमा दुई हजार डलरभन्दा बढीले गिरावट आएको छ।

आधिकारिक रूपमा चीनमा क्रिप्टोकरेन्सीसम्बन्धी कारोबार सन् २०१९ देखि प्रतिबन्धित भए पनि अनलाइनमार्फत्‌ विदेशी विनिमय जारी रहँदै आएको छ।

बिटकोइनले कसरी काम गर्छ भन्ने सबैले बुझेका हुँदैनन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, बिटकोइनले कसरी काम गर्छ भन्ने सबैले बुझेका हुँदैनन्

यद्यपि यो वर्ष ठूलो कारबाही गरिएको छ।

शुक्रवार केन्द्रीय ब्याङ्कले गरेको घोषणाबाट चीनले क्रिप्टोकरेन्सीसम्बन्धी सबै स्वरूपका कारोबार बन्द गर्न चाहेको स्पष्ट सङ्केत गरेको बताइएको छ।

"अवैध आर्थिक गतिविधिमा संलग्नहरू"ले अपराध गरिरहेको र उनीहरूमाथि कारबाही गरिने केन्द्रीय ब्याङ्कको घोषणाले स्पष्ट पारेको छ।

र, क्रिप्टोकरेन्सीसम्बन्धी सेवाहरू चिनियाँ नागरिकहरूलाई उपलब्ध गराउने विदेशी वेबसाइटहरूको काम समेत अवैध भएको पनि चिनियाँ केन्द्रीय ब्याङ्कले भनेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, 'कम्पनी फिर्ता गर्न ४५ बिटकोइन मागे': र्‍यान्समवेअरको यस्तो आतङ्क