कान्छा पाकिस्तानी आरोही भन्छन्, 'सगरमाथाको चुचुरोमा पुग्दा भगवान् देखेजस्तो भयो'

Published

गत हप्ता विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्दै शहरोज काशिफ पाकिस्तानका सबैभन्दा कान्छा सर्वोच्च शिखर आरोही बने।

उनले ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमाल चढ्ने सपना बोकेका छन्।

कोरोनाभाइरसको त्रासका बीच १९ वर्षको उमेरमा सगरमाथा आरोहण गरेका उनले १७ वर्षको उमेरमा ८,०४७ मिटर अग्लो 'ब्रोड पीक' हिमाल चढेर विश्व कीर्तिमान बनाएका थिए।

सगरमाथाको चुचुरोमा पुग्दा आफूले गरेको अनुभव साट्दै उनले भने, "भगवान् देखेजस्तो भयो।"

यसअघि सर्वोच्च शिखर आरोहण गर्ने एक मात्र पाकिस्तानी महिला समिना बेगको नाममा पाकिस्तानको कान्छो सगरमाथा आरोहीको कीर्तिमान थियो। बेगले २३ वर्षको उमेरमा सन् २०१३ मा सगरमाथा आरोहण गरेकी थिइन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।