कोभिड नेपाल: कोरोना भाइरस हुँदा कुन अवस्थामा अस्पताल जाने? सङ्क्रमणबाट जोगिन कुन कुरामा ध्यान दिने?

Published

पछिल्ला केही दिनमा कोरोनाभाइरसका कारण सङ्क्रमित हुने र मृत्यु हुनेको सङ्ख्या प्रत्येक दिन बढिरहेको छ।

अस्पतालमा पुग्न एम्बुलेन्स सहजै नपाइने र अस्पताल पुगे पनि धेरै प्रभावित क्षेत्रमा उपचार सेवा सहजै उपलब्ध नहुने गुनासो सङ्क्रमित परिवारको छ।झन् सङ्क्रमितमा जटिलता देखिँदा सघन उपचारका लागि आईसीयू वा भेन्टिलेटर पाउन त सम्भवै नहुने वा केही दिन पालो कुर्नुपर्ने अवस्था रहेको मानिसहरूको गुनासो छ।

सङ्क्रमणको पहिलो लहरका बेला धेरैजसो वृद्धवृद्धा वा ६० वर्ष उमेर नाघेकालाई मात्रै गाह्रो भएकोमा यस पटक युवा उमेरकै मानिसलाई पनि अस्पतालमै उपचार गर्नुपरेका समाचारहरू आइरहेका छन्।

यस्तो अवस्थामा सङ्क्रमणबाट कसरी जोगिने, सङ्क्रमित व्यक्ति घरमै कसरी सुरक्षित बस्ने, कुन अवस्थामा अस्पताल जाने, अस्पताल गइहाल्न सम्भव नभए घरमै केही प्राथमिक उपचार कसरी गर्ने र घरमा बस्दा कस्ता औषधिहरू कसरी खाने?

यिनै प्रश्नको सेरोफेरोमा हामीले शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. अनुप बास्तोलासँग बीबीसी नेपाली सेवाको साप्ताहिक कार्यक्रम 'नेपाल सन्दर्भ'का लागि गरेको कुराकानी सुन्नुहोस्।

अनि यो पनि