दृष्टिविहीन आरोही अमिट केसी: 'सगरमाथामा पाइला राख्नुअघि शिर राख्न चाहन्छु'
Published
सगरमाथा आरोहण गर्ने आकाङ्क्षा राखेका बागलुङका अमिट केसी जन्मजात दृष्टिविहीन हुन्।
सगरमाथा चढेर आफूजस्ता मान्छेलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन चाहेको उनी बताउँछन्।
केसी सगरमाथामा पाइला राख्नुअघि शिर राखेर राष्ट्रिय गान गाउने योजनामा छन्।
सन् २०१७ मा मौसमको प्रतिकूलता र अक्सिजन अभावका कारण चौथो शिविरबाटै फर्किनुपरेको स्मरण गर्दै उनले यस पटक आफू सफल हुने विश्वास व्यक्त गरेका छन्।
यसअघि सन् २०१५ मा ६,००० मिटरभन्दा अग्ला आइसल्यान्ड पिक र मिरा पिक चढिसकेका उनी सगरमाथा चढ्ने पहिलो दृष्टिविहीन बन्ने अभियानमा छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि