महिला हिंसा र बलात्कारविरूद्ध ‘सिर्जनात्मक’ प्रदर्शन

भिडिओ क्याप्शन सुरु हुँदैछ, महिला हिंसा र बलात्कारविरूद्ध ‘सिर्जनात्मक’ प्रदर्शन
Published

महामारीका बेलामा महिला हिंसा र बलात्कारका घटनामा समेत कुनै कमी नआएपछि युवायुवतीले नयाँ शैलीमा विरोध प्रदर्शन गरेका छन्।

'अझै कति सहने' नाम दिइएको समूहले कालो लुगा, कालो पट्टी, मास्क लगाएर सङ्गीतको तालमा देशका विभिन्न भागमा प्रदर्शन गर्दै आएका छन्।

उक्त अभियानकी सुमित्रा मग्रातीले यस्तो 'सिर्जनात्मक' प्रदर्शनले आफूहरूले 'सरकारदेखि सर्वसाधरणको ध्यान आकृष्ट गर्न' सफल भएको बताएकी छन्।

नेपालमा सरदर दैनिक छ जना महिलाको बलात्कारजन्य घटनाको उजुरी हुने गरेको प्रहरीको तथ्याङ्क छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।