एउटा अमेरिकी सहरले कसरी प्रहरी बलमा परिवर्तन र अपराध दर कम गर्न सक्यो?
Published
अमेरिकामा न्यूजर्सीस्थित क्यामडन सहरले स्थानीय बासिन्दासँग राम्रो सम्बन्ध बनाउन नयाँ प्रहरी बल खडा गर्यो।
त्यसको उद्देश्य प्रहरीलाई समुदायको अभिभावक बनाउनु हो।
उक्त सहर अमेरिकामा उच्च अपराध दर भएको सहरमा पर्दथ्यो।
तर आठ वर्षपछि अहिले त्यहाँ ५० वर्ष यताकै कम अपराध दर देखिएको छ।
त्यो कसरी सम्भव भयो? हेर्नुहोस् यो भिडिओमा।