कोरोना भाइरस नेपाल: लकडाउनपछि हवाईयात्रा गर्दा काठमाण्डू विमानस्थलमा नयाँ नियम

Published

झण्डै दुई महिना ठप्प रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लकडाउन खुकुलो भएपछि सुचारु हुने बताइएको छ।

आन्तरिक उडानबाट सेवा सुचारु गर्ने तयारी रहेको विमानस्थलमा कोभिड-१९ को निगरानी तथा नियन्त्रण गर्न यात्रु तथा कर्मचारी तथा सुरक्षाकर्मीले समेत नयाँ नियमको पालना गर्नुपर्ने छ।

उडान गर्ने यात्रुले स्वास्थ्य अवस्था, गन्तव्य र सम्पर्क खुल्ने दुईवटा फाराम भर्नुपर्ने लगायतका नियम पालना गर्नुपर्ने कार्यालयका महाप्रबन्धक देवेन्द्र के.सी.ले जनाएका छन्।

नयाँ नियमबारे जान्नका लागि हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि