पशुपतिनाथ: महाशिवरात्रिमा साधुसन्तको चहलपहल

Published

महाशिवरात्रिका अवसरमा पशुपतिक्षेत्र केही दिनदेखि सिँगारिएको छ। केही दिनदेखि त्यहाँ देशविदेशबाट आएका भक्तजन र साधुसन्तको चहलपहल छ।

भारत र नेपालका विभिन्न स्थानबाट विभिन्न सम्प्रदायका साधुसन्तहरू पशुपतिनाथको दर्शन गर्न आउँछन्।

साधुहरूले विभिन्न भेषधारण गरेको पनि देखिन्छ।

पशुपतिक्षेत्रमा आएका साधुसन्तहरू भजनकीर्तिन, ध्यान तथा विभिन्न साधना पनि गर्छन्।

केही साधुहरू गाँजा सेवन गर्छन्। उनीहरू गाँजालाई शिवको प्रसाद मान्छन्। तर नेपालमा गाँजा प्रतिबन्धित छ।

सबै तस्बिरको सर्वाधिकार उल्लेख गरिएअनुसार सम्बन्धित पक्षसँग सुरक्षित