बृक्षा उखेरा: सशस्त्र द्वन्द्वकी घाइते बटालियन कमान्डरको गुनासो

Published

१५ वर्षकै उमेरमा पूर्वी रुकुमकी बृक्षा उखेरा 'समाज परिवर्तन र नयाँ नेपाल निर्माण गर्ने' भन्दै तत्कालीन माओवादीले नेतृत्व गरेको सशस्त्र द्वन्द्वमा होमिएकी थिइन्।

त्यसको केही वर्षमै पाल्पा सदरमुकाममा माओवादीले गरेको आक्रमणमा सहभागी हुँदा ढाडमा गोली लागेर उनी घाइते भइन्।

द्वन्द्वकालमा उखेरा तत्कालीन नेकपा माओवादीको सैन्य संरचना अन्तर्गत बटालीयन कमान्डरसम्म बनेकी थिइन्।

तर २०५२ साल फागुन १ गते थालिएको सशस्त्र द्वन्द्वको २५ वर्ष पुगेका बेला हालसम्म पनि उनले घाइतेले पाउने सुविधा समेत नपाएको गुनासो गरेकी छिन्।

अहिले आफ्नो सहारा बैसाखीमात्र भएको बताउने उनी माओवादीले त्यसबेला गरेका वाचा पूरा नभएको बताउँछिन्।

१० वर्षे द्वन्द्वमा कम्तीमा १७,००० जनाको ज्यान गुमेको बताइन्छ। त्यसबेला कैयौँ घाइते र बेपत्ता भएका थिए।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि