तस्करी गरी नेपाल ल्याइएका वनमान्छे फिर्ता गर्न नाइजिरियाको पहल

Published

झन्डै दुई वर्षअघि तस्करले नेपाल ल्याएका चिम्पान्जी अर्थात् वनमान्छेका दुई बच्चा अहिले ललितपुरको जावलाखेलस्थित चिडियाखानामा राखिएका छन्।

'चिम्पू' र 'चम्पा' नामका ती चिम्पान्जी फिर्ता लैजान नाइजिरियाले कूटनीतिक पहल गरेको बताइएको छ।

तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार चिम्पान्जी फिर्ता पठाउन वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण साइटिस महासन्धिका मापदण्ड पूरा गर्नुपर्ने हुन्छ।

ती फिर्ता पठाउँदा लाग्ने सम्पूर्ण खर्च तथा हालसम्म पालनपोषण, रेखदेख तथा औषधोपचार लगायतका खर्च समेत नाइजिरियाले बेहोर्नुपर्ने विभागका महानिर्देशक गोपालप्रकाश भट्टराईले बताए।

अत्यन्त दयनीय अवस्थामा नेपालबाट उद्धार गरिएका चिम्पान्जी अहिले स्वस्थ र ठूला भएका छन्।

तस्करीमा संलग्न एक नेपालीसहित एक पाकिस्तानी र तीन भारतीय नागरिकलाई काठमाण्डू जिल्ला अदालतले जेल चलान गरेको थियो।

नाइजिरियाले फिर्ता नलगे उक्त चिम्पान्जीहरूलाई नेपालमै थप व्यवस्थित ढङ्गले राखिने विभागले जनाएको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि: