एअर कन्डिशनरले तत्काल शीतल भए पनि पृथ्वीमा गर्मी बढाउँछ

Published

गर्मी हुँदा शीतल र जाडो हुँदा तातो बनाउन प्रयोग गरिने उपकरणले पृथ्वीको तापमान बढाइरहेको छ।

एअर कन्डिशनिङमा प्रयोग हुने एचएफसी (HFC) अर्थात् हाइड्रोफ्लोरोकार्बन नामक रसायन वायुमा फैलिने भएकाले यो स्थिति उत्पन्न भएको हो।

कार्बन डाइअक्साइडभन्दा एचएफसी हजारौँ गुना शक्तिशाली हरितगृह ग्यास हो। वायुमण्डलमा पुगेपछि एचएफसीले पृथ्वीको तापक्रम बढाउन सघाउँछ।

डर्वुड जिल्के विश्वलाई हानिकारक एचएफसीको 'लत' त्याग्न आग्रह गर्छन्। उनको अभियानको प्रभावका कारण पृथ्वीको तापमान न्यून मात्रामै भए पनि बढ्नबाट केही जोगिएको छ।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि