बाढी: सिराहाका डुबानपीडित अझै घर फर्किन पाएका छैनन्

Published

असार महिनाको अन्त्यतिर भएको अविरल वर्षाका कारण तराईका विभिन्न जिल्ला डुबानमा ‍परेका छन्।

बाढी र डुबानका कारण हजारौँ मानिसहरू घर छोडेर अन्यत्र सुरक्षित स्थलमा सर्न बाध्य भएका छन्।

सिराहाको प्रसाही गाउँबाट झन्डै हजार जना अहिले नजिकैका विद्यालय वा अन्य सुरक्षित स्थलमा आश्रय लिएर बसिरहेका छन्।

गाउँ डुबानमा परेपछि सो क्षेत्रमा खासगरी बालबालिका र वृद्धवृद्धा प्रभावित भएका छन्।

एक स्थानीय महिला भन्छिन्, "घरमा पकाएर खान पाइएको छैन। ...अवस्था एकदमै नराम्रो छ।"

सिराहाबाट सुरेन्द्र फुयाल र कमल परियारले पठाएको यो भिडिओ रिपोर्ट।

अनि यो पनि