कपाल दान: लामो कपाल खेर नफाल्नुस्
Published
कपाल गुमाएका क्यान्सर पीडितलाई खुसी दिन र जीवन जीउनका लागि प्रेरणा प्रदान गर्न लामो कपाल दान गर्न सम्बद्ध अभियानकर्मीले आव्हान गरेका छन्।
दान गरिएको कपालले कपाल झरेका पीडितमा विद्यमान निराशा अन्त्य र आत्मविश्वास बढ्ने उनीहरूको विश्वास छ।
तर दान गरिने कपाल कम्तीमा १० इन्चको हुनुपर्छ जसले गर्दा उनीहरूका लागि 'विग' अर्थात् नक्कली कपाल बनाउन सकियोस्।
पाँचदेखि दश जनाले दान गरेको कपालबाट मात्र एउटा विग बनाउन सकिने जानकार बताउँछन्।
काठमाण्डू लगायत विभिन्न शहरहरूमा कपाल दान गर्ने प्रचलन बढेको भएपनि पीडितहरू भने यसबारे अनभिज्ञ देखिएका छन्।
तर केही संघसंस्थाहरूले भने कपाल दान गर्न चाहनेहरूलाई सामाजिक सञ्जालको माध्यमबाट एकत्रित पार्न सफल भएका छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि