रमजान: सत्कर्म र संयमको महिना

Published

इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजान आरम्भ भएको छ।

सूर्य उदाएदेखि नअस्ताएसम्म एक महिनासम्म निराहार बसेर इस्लाम धर्मावलम्बीहरू रमजानको रोजा अर्थात् व्रत बस्छन्।

नेपालका अल्पसङ्ख्यक इस्लाम धर्मावलम्बीहरूको रमजानको अवसरमा काठमाण्डूको जामे मस्जिदमा विशेष चहलपहल हुने गर्छ।

यो महिनाभरि रोजा बस्नुका साथै उनीहरूले आफ्नो बचतको साढे दुई प्रतिशत अनिवार्य दान गर्नुपर्ने चलन छ।

काठमाण्डूको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल शमिमका अनुसार बिरामी, नाबालक तथा रजस्वला भएकालाई रोजा अनिवार्य छैन।

पछिल्लो समय नेपालमा अन्य धर्मावलम्बीले समेत मुस्लिमहरूका लागि 'इफ्तार' खुवाउने गरेका छन्।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि