इन्स्टाग्रामकै कारण मेरी छोरीले गरिन् आत्महत्या

Published

१४ वर्षीया मोली रसेलले सन् २०१७ मा आत्महत्या गरिन्।

त्यसपछि जब उनको परिवारले उनको इन्स्टाग्राम एकाउन्ट हेरे तब त्यहाँ उनीहरूले डिप्रेसन तथा आत्महत्यासम्बन्धी विचलित पार्ने सामग्रीहरू फेला पारे।

उनका पिता इयान छोरीले आत्महत्या गर्नमा इन्स्टाग्रामलाई पनि दोषी देख्छन्।

एक विज्ञप्तिमार्फत इन्स्टाग्रामले आफूहरूले त्यस्ता हानिकारक सामग्री तथा आत्महत्यालाई उक्साउने सामग्री राख्न अनुमति नदिने र तिनलाई हटाइदिने गरेको जनाएको छ।

हेर्नुहोस् भिडिओ।