चीनको अर्थतन्त्र सन् २००९ यताकै सुस्त

चीन

तस्बिर स्रोत, Getty Images

Published

चीनले उसको पहिलो त्रैमासिक आर्थिक वृद्धिदर विश्वव्यापी आर्थिक संकट यताकै सबैभन्दा सुस्त भएको जनाएको छ।

राष्ट्रिय तथ्याङ्क विभागका अनुसार जुलाइदेखि सेप्टेम्बर महिनासम्मको आर्थिक वृद्धि दर ६.५ प्रतिशत रहेको छ।

उक्त आर्थिक वृद्ध दर रोयटर्सका विश्लेषकहरूले पूर्वानुमान गरेको ६.६ प्रतिशत भन्दा थोरै कम हो।

चुनौती

पछिल्ला महिनाहरूमा खस्किँदै गएको अर्थव्यवस्थालाई सुधार्न नीतिनिर्माताहरू लागि परेका छन्।

ठूलो मात्राको ऋण र अमेरिकासँगको तीव्र व्यापार युद्ध लगायतका कारण चीनले उच्च आर्थिक चुनौतीहरूको सामना गरिरहेको छ।

अमेरिकासँगको व्यापार विवादको असर आगामी महिनाको आर्थिक वृद्धि दरमा पर्नसक्ने ठानिएको छ।

संकट

शुक्रवारको वृद्धिदर सन् २००९ यताको सबैभन्दा सुस्त आर्थिक वृद्धि हो।

सन् २००९मा विश्व आर्थिक संकट सबैभन्दा उच्च थियो।

बीबीसी एशीया आर्थिक संवाददाता करिश्मा भष्वामीले हालै बेइजिङ भ्रमण गर्ने क्रममा एक जना चिनियाँ निरक्षिकले उनलाई देशले अर्थव्यवस्थाको प्रणालीगत जोखिम व्यवस्थापन गर्ने प्रयास गरिरहेको अवस्थामा व्यापार युद्ध लड्ने अपेक्षा नगरेको बताएको जानकारी दिएकी छन्।