पूरै शरीरमा चित्र खोपाउँदै ७७ वर्षकी महिला

Published

सतहत्तर वर्षीया ग्लेनिस कूप आफ्नो शरीरभरि चित्र खोपाउन चाहन्छिन्।

बीस वर्षको उमेरमा उनले अनुहार, गर्दन र हातमा चित्र खोपाएकी थिइन्। तर विवाहपछि उनका पतिले ती चित्र प्लास्टिक सर्जरी गरेर मेट्न लगाए।

सन् २०१४ मा पतिको मृत्यु भएपछि ग्लेनीले फेरि शरीरमा चित्र खोपाउन थालिन्।

उनले दिवङ्गत पतिको सम्मानमा उनको चित्र आफ्नो छातीमा खोपाएकी छन्।

हेर्नुहोस् यो भिडिओ।