औलो निको पार्ने नयाँ औषधि
Published
अमेरिकी औषधि नियामक निकायका अधिकारीहरूले ६० वर्षपछि पहिलो पटक मलेरिया अर्थात् औलो रोगविरुद्धको नयाँ औषधि स्वीकृत गरेका छन्।
नयाँ औषधिको एकै मात्राले 'प्लाज्मोडिएम् भाइभ्याक्स्' नामक परजीवीले गराउने बल्झिरहने खालको मलेरिया निको पार्न सक्ने उनीहरूको भनाइ छ।
भाइभ्याक्स् मलेरियाले विश्वमा वर्षेनि ८५ लाख मानिसहरूलाई सताउने गरेको बताइन्छ।
टाफेनोक्विन औषधिको एउटै मात्राले त्यस्तो मलेरिया फैलाउने परजीवीलाई बिरामीको कलेजोबाट निर्मूल पार्न सक्ने अमेरिकी अधिकारीहरूले बताएका छन्।
तर सो औषधिले नकारात्मक असर पनि पुर्याउन सक्छ।
बीबीसी रिपोर्ट (भिडिओ)